फुटबल क्रेज फुटसलमा

काठमाडाैं, साउन २६ । मुलुकमा फुटसल भित्रिएको बल्ल ७ वर्ष पुग्दैछ । राजधानीमा खुला ठाउँ खुम्चिएसँगै यसको दायरा भने पत्याइनसक्नु फराकिलो बन्दै गएको छ । हरेक उमेर र समूहका लागि अनुकूल मानिने यो खेल आर्थिक हिसाबले पनि खासै महँगो छैन ।

सुरुआती दिनमा केही खर्चिलो भए पनि फुटसल केन्द्रहरूको संख्यात्मक वृद्धिसँगै अहिले सुलभ भएको छ ।

नेपालमा पहिलो पटक ठमेलस्थित फुटसल एरिनाको सुरुआत गर्दा निमा लामाले यो खेल यसरी लोकप्रिय हुन्छ भन्ने कल्पनासमेत गरेका थिएनन् । अहिले उनले बौद्धमा झनै ठूलो फुटसल कोर्ट खोलेका छन् । गत वर्ष राष्ट्रिय लिगका खेल पनि यसै मैदानमा भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *