‘जदाै’ लार्इ सर्वब्यापी बनाउने दाहाल यज्ञनिधि अस्ताए

साउन २६, काठमाडाैं । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रवार साँझ निधन भएको छ। लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको हाे ।

मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए। दुई दशकअघि उनकाे मिर्गौला प्रत्यारोपण गरिएको थियो। गत बुधबार डायलासिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो।

मस्तिष्कघातका कारण यज्ञनिधि मण्डिखाटारस्थित निवासमा लडेका थिए। चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि शुक्रवारै उनलार्इ थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो। उनको ११ वर्षअघि मृगौलाको प्रत्यारोपण भएको थियो ।

दाहाल वि.स. २०१०मा खोटाङको खाल्लेमा जन्मिएका हुन्। उनले चलाएको रेडियो नेपालको साहित्य संसार कार्यक्रमका लागि उनी नेपाली रेडियो श्रोता सामु परिचित थिए । वि. सं. २०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा उक्त कार्यक्रम चलाएका थिए ।

दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख,साहित्य समीक्षा, समालोचना, अन्तर्वाता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा टेवा पुर्याएका छन् ।

तत्कालिन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन जदौ शव्दको सर्वव्यापी प्रयोगलाई उनले व्यापकता दिएका थिए। हाल उनले रेडियो अन्नपूर्णमा हरेक शनिबार ‘जदौँ’ कार्यक्रम चलाउँदै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *