डिस्कभरी च्यानलको ‘नक्कली’ कर्मचारी बनेर ४५ लाख ठगी !

काठमाडौँ, साउन २५ । प्रहरीले डिस्कभरी च्यानलको नक्कली कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जनालार्इ पक्राउ गरेको छ।

अमेरिकाको डिस्कभरी च्यानलको कर्मचारी भएको भन्दै नक्कली परिचयपत्र देखाएर ठगी गरेको अभियोगमा काठमाडौँ महानगर–३२ डिल्लीबजार घर भइ हाल गोकर्णेश्वर नगरपालिका–६ बस्ने प्रकाश खातीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पीडितले सूचना दिएको आधारमा उनलाई उनलाई गोकर्णेश्वर–६ माकलबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खातीले आफू अमेरिकाको डिस्कभरी च्यानलको कर्मचारी भएको भन्दै नक्कली परिचयपत्र समेत देखाएर तीन जनालाई ठगी गरेको प्रहरीले जनाएको छ।

खातीले अमेरिका पठाइदिन्छु भन्दै आफ्नो मोबाइलमा भिसा लागेको नक्कल देखाइ ४५ लाख भन्दा बढी ठगी गरेका थिए।

अमेरिकी दूतावासको भिसा लगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको तथा प्रविधिको दुरुपयोग समेत गरेको कसुरमा प्राप्त उजुरीको आधारमा अनुसन्धान सुरु गरिएको छ।

उनले अमेरिकन एम्बेसी अन्तर्गत रहेको कोषबाट प्रोजेक्ट सञ्चालनको लागी रकम निकासा गर्न सकिन्छ भनि प्रलोभन पारेर समेत ठगी गरेको प्रहरीले जनाएको छ ।

एम्बेसीका उच्चपदस्थ कुटनीतिज्ञसँग आफ्नो राम्रो चिनजान भएकोले कार्टर सेन्टर नेपाल फाउन्डेसन अन्तर्गतको कार्यक्रममा १० लाख डलरको रकम रहेको र सो रकम आफूले निकासा गराउन सक्ने भनि विश्वास दिलाएको देखिएको प्रहरीले बताएको छ।

उनले बिभिन्न बैंक तथा संस्थाहरुको नक्कली छापसमेत बनाएर प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका खातीले विभिन्न एपको माध्यमबाट नक्कली परिचय पत्र, बैंक स्टेटमेन्ट तायार गर्ने लगायतका कार्य गर्दे ठगी गरेको बताइएको छ।

पक्राउ परेका खातीमाथि जिल्ला अदालत काठमाडौँबाट ठगी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *