ईजराइलमा मुसलमान र यहुदीहरुबीच तनाव

एजेन्सी, जेरुसलेम । ईजराइलको सुरक्षा क्याबिनेटले जेरुसलेममा रहेको एउटा पवित्र तीर्थस्थलमा जडान गरिएका धातु पहिचान गर्ने मेटल डिटेक्टर भनिने मेसिनहरु त्यहाँबाट हटाउने निर्णय गरेको छ । उक्त पवित्र तीर्थस्थललाई मुसलमानहरुले हरम अल सरिफ र यहुदीहरुले टेम्पल माउन्ट भन्ने गर्छन्। अधिकारीहरुले बाधा नपुग्ने किसिमले त्यहाँ अर्को निगरानी प्रणाली स्थापना गरिने बताएका छन्।

दुई जना प्रहरी उक्त तीर्थस्थल नजिकै मारिएपछि उक्त सुरक्षा प्रणाली अवलम्बन गरिएको थियो । तर, त्यसले प्यालेस्टिनीहरुलाई आक्रोशित बनाउनका साथै हिंसात्मक द्वन्द्व निम्त्याएको थियो ।

यसअघि मध्यपूर्वका लागि राष्ट्रसंघीय दूत निकोले म्लाडेनोफले आगामी शुक्रबारको मुसलमान प्रार्थना अघि नै उक्त तनाव समाधान गर्न आग्रह गरेका थिए ।

पछिल्लो निर्णयले मुसलमान र यहुदीहरुबीचको तनाव कम गर्नसक्ने ठानिएको छ । यसै महिनाको सुरुमा सुरक्षा गार्डको रुपमा खटिएका दुई प्रहरीलाई बन्दुकधारीहरुले गोली हानेर हत्या गरिएपछि मेटल डिटेक्टरहरु जडान गरिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *