नेपाली काँग्रेससहित सात राजनीतिक दलद्वारा करवृद्धिको विरोध

रत्ननगर, साउन २५ । रत्ननगरमा रहेका सात राजनितिक दलहरुले नगरपालिकाले कर वृद्धी गरेको विरोधमा आज पनि विरोध जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी बाहेकका सात राजनीतिक दलहरुले कर वृद्धिको विरोध जनाएका हुन् । विरोध कार्यक्रम अन्तर्गत आज शुक्रबार कोणसभाको आयोजना गरेका छन् ।

चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज रत्ननगर नगरपालिकाको गेटमा कोण सभा गरेका हुन । कार्यक्रममा काँग्रेस नगर सभापति रुपनराज घिमिरे, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष मेघराज ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पिताम्वर आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का गोविन्द अधिकारी, नेकपा मालेका नगर सचिव रामहरी लम्साल र देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठा सहित नेता कार्यकर्ता बोलेका थिए ।

विरोध कार्यक्रममा उनीहरुले कर घटाउनु पर्ने, जनमतको कदर गर्नु पर्ने लगायतका नारा समेत लगाएका थिए । नेकपा मालेका नगर सचिव रामहरी लम्सालले अहिले जनताले गोरु बेचेर कर बुझाएको र अब खेतै बेचेर कर बुझाउनुपर्ने अवस्था आउने भन्दै त्यस अघिनै यसको निकास निकाल्न अत्यावस्यक भएको बताए ।

नगरपालिकाले अवैज्ञानिक ढंगबाट बढाएको करको विरुद्धमा धर्ना दिईएको नेपाली काँग्रेस नगर सभापति रुपनराज घिमिरेले बताए । जितको दम्भ देखाएर शासन गर्न खोजेको आरोप समेत लगाए । नेपालको संविधान विपरीत व्यवहार नगरपालिकाले गरेको भन्दै त्यस्तो दुश्कार्य जनतालाई स्वीकार्य नभएको बताए ।

जनताको भावना अनुसार अघि बढ्न आग्रह गर्दै उनले त्यसो नगरीए सशक्त आन्दोलनमा जाने उद्घोष गरे । लोकतान्त्रिक समाज विकासका लागि विरोध कार्यक्रम सम्बोधन गर्न नगर प्रमुखलाई आग्रह गरे ।

आन्दोलनका कार्यक्रम अन्र्तगत आज शुक्रबार भएको कोणसभालाई सम्बोधन गदै घिमीरेले शिक्षा क्षेत्रमा समेत हस्तक्षेप गरेर एकल ढंगको निर्णय अमान्य हुने बताए ।

यसअघि बिहिबार धर्ना कार्यक्रम रहेको थियो । आफुहरुको माग सम्बोधन नभए आईतबारदेखी सशक्त आन्दोलन गर्ने आन्दोलन सम्बद्ध दलहरुले जनाएका छन् ।

करको प्रशासनिक प्रक्रियालाई सरल नबनाई उठ्नु पर्ने सम्पती कर, व्यवसायिक कर, घरवहाल कर, मालपोत शुल्क आदिमा अस्वभाविक वृद्धि गरिएको, नगरपालिकाको विकास वजेटबाट विलासिता झल्कने सवारी साधन खरिद गरी प्रयोग गरेको, प्रयोगका लागि अनुपयुक्त साधन प्रयोग विहीन बनाई थन्काएर राखेको, शिक्षा नियमावलीको उल्लंघन गर्दै सामुदायिक विद्यालयको व्यवस्थापन समितिमाथी आक्रमण गरेको, भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलताको नीतिलाई सशक्त रुपमा कार्यान्वयन गर्न नसकेको भन्दै दलहरुले नगरपालिकाप्रति असहमती जनाउँदै आएका छन् ।

कोण सभा पछि र्याली रत्ननगरको सौराहा चोक हुँदै पुन नगरपालीकामा आएर टुङगीएको थियो । यता नगरपालिकाले भने कर वृद्धी अस्वभाविक नभएको बताएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले आफू एक्लैको निर्णय नभइ छलफलबाट आएको हुनाले कर वृद्धी अस्वभाविक नभएको बताए । उनले जग्गाको मुल्यांकन अनुसार नै कर बढेको दावी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *