यस्तो रह्यो राप्रपा प्रजातान्त्रिक महिला संगठनको रक्तदान कार्यक्रम (फोटो फिचर)

साउन २५, काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (प्रजातान्त्रिक) ले आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  महिलाहरुलाई सामाजिक क्षेत्रमा सकृय बनाउन महिला संगठन प्रजातान्त्रिकले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

राप्रपा प्रजातान्त्रिकको केन्द्रिय कार्यालय चावहिलमा आयोजित रक्तदान कार्यक्रममा करिब ६ दर्जन पिन्ट रगत संकलन भएको रक्तदान कार्यक्रम संयोजक पूर्वमन्त्री तथा महिला संगठन संयोजक कमलादेवी शर्माले जानकारी दिइन् ।

‘समाजमा रगत अभाव हुन नदिन र महिलाहरुलाई राजनीतिक सँगै सामाजिक क्षेत्रमा पनि सक्रिय बनाउनुपर्छ भनेर हामीले रक्तदान कार्यक्रम आयोजना गरेका हौं ।’ उनले भनिन् ।

 रक्तदान कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर राणा, बरिष्ठ उपाध्यक्ष दीपक बोहरा, महामन्त्री एवं संगठन विभाग प्रमुख ध्रुब बहादुर प्रधान लगायत पार्टीका विशिष्ट ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

पछिल्लो समय राप्रपा प्रजातान्त्रिकले पार्टी सुदृढिकरण र संगठन विस्तारलाई तिब्रता दिएको छ । त्यसमा पनि महिलाहरुलाई राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय गराउन र उनिहरुको हक अधिकार सुनिश्चित गर्न पार्टीको महिला संगठन सक्रिय हुँदै गएको संगठनकी अध्यक्ष शर्माले जानकारी दिइन् ।

कायर्क्रममा रक्तदाताहरूलार्इ कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ उपाध्यक्ष दीपक बाेहरा लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =