धरौटीमा छुटे लगत्तै अदालत परिसरबाटै फेरी समातिए सीमान्त गुरुङ

काठमाडौँ, साउन २५ । सलमान खानलाई नेपाल ल्याउने भन्दै करोडौँ रुपियाँ ठगी गरेको अभियोगमा पक्राउ परेका सीमान्त गुरुङ फेरी पक्राउ परेका छन् ।

बलिउडका अभिनेता सलमान खानसहित एक दर्जन बलिउडस्टारलाई नेपाल ल्याउने भन्दै करोडौँ रुपियाँ ठगी गरेको अभियोगमा पक्राउ परेका गुरुङलाई ठगी मुद्दामा जिल्ला अदालत काठमाडौँले गुरुङलाई १५ लाख धरौटी लिएर छोड्न आदेश दिएको थियो ।

गत असार २९ गते पक्राउ परि धरौटीमा रिहा भएका गुरुङलाई महानगरीय प्रहरी परिसरको टोलीले बैँकिङ कसुरमा अदालत परिसरबाटै पुन पक्राउ गरेको हो ।

उनलाई चेक बाउन्सको उजुरी परेपछि प्रहरी फेरी पक्राउ गरेको हो । गुरुङविरुद्ध ९३ लाख रुपैयाँ चेक बाउन्स भएको उजुरी परेका कारण उनलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

२०७४ फागुन २६ गते राजधानीको टुँडिखेलमा गर्ने भनिएको सलमान खान र अन्य बलिउडस्टारसहितको दब्याङ्ग टुर नेपाल’ स्थगित भएको थियो । सलमान आउने भनिएको कार्यक्रमका लागि सीमान्तले न्यूनतम् तीन हजारदेखि २० हजार रुपैयाँसम्मका टिक बेचेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *