नेपाल र बङ्गलादेशबिच विद्युत विकासको क्षेत्रमा सहकार्य सम्झौता

काठमाडौँ, साउन २५ । नेपाल र बङ्गलादेशबिच विद्युत विकासको क्षेत्रमा द्धिपक्षीय सहकार्य सुरुवात गर्ने सम्झौता भएको छ । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन र बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका राज्यमन्त्री नरशुल हमिदले शुक्रबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा दुई देशबिचको सम्बन्धलाई आर्थिक तथा व्यापारिक विकासमा सहकार्य मार्फत अभिवृद्धि गर्ने, विद्युत उत्पादन, ग्रीड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जल विद्यतु विकासबाट दुवै पक्षको हित हुने गरि काम गर्ने उल्लेख छ ।

यस्तै विद्युत क्षेत्रमा लगानी गर्न दुवै देशका उद्यमीहरुलाई प्रोत्साहन गर्ने, दक्षिण एसियामा रहेको जलविद्युत विकासको अथाह सम्भावनालाई क्षत्रीय तथा उपक्षत्रीय तहको सहकार्यबाट यस क्षेत्रका जनताको जीवनस्तरको विकास र सुधार गर्न सकिने विषय सम्झौतापत्रमा उल्लेख छ ।

विद्युतको विकासका लागि विभिन्न खालका काममा दुवै देशले सहकार्य गर्ने र समन्वय गरेर काम गर्ने सम्झौतापत्रमा उल्लेख रहेको ऊर्जा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

सहकार्य र समन्वयका लागि दुवै देशका मन्त्रालयका सहसचिवको सहअध्यक्षतामा एउटा कार्यदल बनाउने र त्यसको प्रगतिलाई समिक्षा गर्न दुवै देशका मन्त्रालयको सचिव सहअध्यक्ष रहनेगरी संयुक्त निर्देशक समिति गठन गर्ने समझदारी भएको छ । वर्षको एक पटक काठमाडौँ र ढाकामा बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *