‘वीरे दी वेडीङ्ग’ हिट भएसँगै करीनालाई ३ वटा फिल्मको अफर, बढाइन् आफ्नो पारिश्रमिक

करीना कपूर खानले लामो समयको विश्रामपछि कमब्याक गरेकी फिल्म वीरे दी वेडीङ्ग ले राम्रो व्यापार गर्न सफल भयो । उनले विश्रामपछि ‘वीरे दी वेडीङ्ग’ मार्फत बलिउडमा कमब्याक गरेकी थिइन् ।

यस फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । यो फिल्म हिट भएपछि उनले आफ्नो पारिश्रमिक समेत बढाएकी छिन् । उनको हातमा एक पछि अर्को गर्दै फिल्मका लागि अफर आइरहेका छन् ।

भारतीय मिडियाका अनुसार करीना कपूर खानले फिल्म ‘वीरे दी वेडीङ्ग’का लागि ७ करोड रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । अहिले करीनाले आफ्नो पारिश्रमिक १० करोड रुपैयाँ भएको बनाएकी छिन् ।

अहिले उनलाई तीन वटा फिल्मका लागि अफर आएको छ । यही कारण करीनाले आफ्नो पारिश्रमिक बढाएकी हुन् ।

करीनाले अहिले २ वटा फिल्ममा काम गर्ने बताइसकेकी छिन् भने तेस्रो फिल्मका लागि कुराकानी अगाडी बढीरहेको छ । करीनाले साइन गरिसकेका फिल्म मध्ये पहिलो अक्षय कुमारको समेत अभिनय रहने फिल्म ‘गुड न्यूज’ हो भने दोस्रो फिल्म तख्त’ हो ।

दुईवटै फिल्मका निर्माता करण जोहर हुन् । फिल्म ‘तख्त’ मा करीना कपूरका साथै रणविर सिंह, आलिया भट्ट, विक्की कौशल, जान्हवी कपूर र अनिल कपूरसमेत रहनेछन् ।

सन् २००७ मा प्रदर्शन भएको फिल्म ‘लाइफ इन अ मेट्रो’को सिक्वेलमा करीना र अर्जुनको जोडी हुनेछ ।

करीना र अर्जुन सन् २०१६ मा प्रदर्शित फिल्म ‘की एण्ड का’ मा एकसाथ अभिनय गरेका थिए । निर्देशक आर वाल्किको निर्देशनमा बनेको फिल्म ‘लाइफ इन अ मेट्रो’ को सिक्वेलको निर्देशन अनुराग बासुले गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *