विशुद्ध व्यापारीहरुको प्यानल संयुक्त समावेसी

साउन १०, कोहलपुर । साउन १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि विशुद्ध व्यापारीहरुको प्यानल संयुक्त समावेसी प्यानललाई मतदाताहरुले जिताएरै छाड्ने प्यानलले जनाएका छ । अध्यक्ष पदका उम्मेदवार चक्र बहादुर अधिकारी सहित २१ सदस्यीय कार्यसमितिका लागि संयुक्त समावेसी प्यानल बनाएर घरदैलो अभियानमा हिडेका उम्मेदवारहरुलाई मतदाता उद्योगी व्यवसायी एवं व्यापारीहरुले उक्त कुरा बताएका हुन् ।

“हामीलार्इ उद्योगी व्यापारीहरुको पक्षमा लड्ने नेतृत्व चाहिएको छ” घरदैलोमा पुगेका संयुक्त समावेसी व्यानलका उम्मेदवारहरुसँग कुराकानी गर्दै कोहलपुर बसपार्कका एक व्यापारीले भने, “यो दलगत प्रचार भन्दा काम गर्न सक्ने र हाम्रा हक हितका लागि वकालत गर्न सक्ने उम्मेदवारलाई छान्छौं । तपाईहरु ढुक्क हुनुहोस् ।”

दलगत रुपमा राजनिति नगरी व्यापारीका मुद्धामा आवाज उठाउँदै आइरहेका उम्मेदवारहरु यस प्यानलमा रहेकाले पनि आफूहरुले सहि नेतृत्व सहितका उम्मेदवार चुन्ने मतदाता व्यापारीहरुको भनाई छ । नाम उल्लेख नगर्ने शर्तमा कोहलपुरका एक मतदाता व्यापारीले भने , “को उम्मेदवार कस्तो छ भन्ने हामीलाई प्रष्ट थाहा छ, हाम्रा हक हितका लागि लड्ने र सक्षम व्यक्ति चक्र बहादुर अधिकारी नेतृत्वमा देखेकाले उहाँ बाहेक अर्को विकल्प हुनै सक्तैन ।” आफू कुनै पनि राजनितिक दलमा आबद्ध नभएको बताउँदै उनले पार्टीको राजनिति गर्नेले व्यापारीको पिरमर्का बुझ्नै नसक्ने तर्क समेत गरे ।

घरदैलो अभियानमा हिडेका संयुक्त समावेसी प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका नम प्रसाद शर्मा, उद्योग तर्फका उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका देवानन्द अर्याल, वाणिज्य तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका लक्ष्मण पौडेल, महासचिव पदमा उम्मेदवारी दिनुभएका तेज प्रसाद अधिकारी, उपमहासचिव पदमा उम्मेदवारी दिनुभएका मातृका सापकोटा, कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका सुनिल खनाल, सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका ईश्वर श्रेष्ठ सहित सबै उम्मेदवारलाई मतदाताहरुले सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *