बच्चाको हाइट बढेन ? यस्ता छन् हाइट बढाउने उपायहरुः

उमेर अनुसार आफ्नो बच्चाको हाइट नबढ्दा अभिभावकलाई चिन्ताको ओइरो लाग्ने गर्दछ । उमेरअनुसार हाइट नबढ्नुको कारण खानपिन उचित व्यवस्थापन नहुनु पनि हुन सक्छ । कतिपय अवस्थामा भने वंशाणुगत गुणले पनि प्रभाव पार्छ ।

यस्ता छन् बच्चाको हाइट बढाउने उपायहरुः

१. बढ्दै गरेका बालबालिका निद्रा पुग्ने गरी सुतेका छन् कि छैनन्, ध्यान दिनुहोस् । उनीहरुका लागि कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ । सुत्दा ग्रोथ हार्मोन उत्पादन हुन्छ र वृद्धिलाई सघाउ पुर्‍याउँछ । आराम नगर्दा पनि बच्चाको हाइट ठीकसंग बढ्दैन ।

२. बच्चाको खानामा प्रोटिन, आइरन, भिटामिन र क्याल्सियम तत्वले भरपूर चिज सामेल गर्नुस् ।

३. बच्चालाई घरबाहिरको खेलमा प्रोत्साहित गर्नुस् । खेलकूदबाट बच्चाको हाइट बढ्न सघाउ पुुग्छ । यसका अलावा स्ट्रेचिङ र ह्यांगिङ अभ्यास पनि गराउनुस् । दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले पनि हाइट बढ्छ ।

४. बालबालिकालाई दैनिक योगा गर्ने बानी बसाउनुस् । हाइट बढाउनका लागि दिनहुँ सूर्य नमस्कार योगा गर्नु राम्रो हुन्छ ।

५. बालबालिकालाई चिया, कफीको बानी पर्न नदिनुस् । यी चिजमा क्याफिन हुन्छन्, जसले उनीहरुको वृद्धिमा असर पर्छ । दैनिक ८ देखि १० गिलास पानी पिउने बानी बसाल्न सिकाउनुस् ।

६. बच्चाको तौल र हाइटबारे जानकारी लिइराख्नुस् । समय–समयमा चिकित्सकलाई देखाउनुस् । यदि बच्चाको विकासमा कुनै समस्या छ भने सुरुमै थाहा पाउँदा नियन्त्रण गर्न सजिलो हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *