पत्रकारमाथि भएको हातपातको युनियनद्वारा भर्त्सना

काठमाडाैं, साउन २५ ।  नेपाल पत्रकार महासंघ एवम् नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष छविलाल तिवारी र महासंघका पूर्व अध्यक्ष एवं युनियनका संस्थापक ओमप्रसाद घायलमाथि भएको हातपातको नेपाल प्रेश युनियनले भर्त्सना गरेको छ ।

तिवारी र घाइलमाथि कुश्माका निर्माण व्यवसायी पुस्कल शर्माले हातपात गरेको युनियनले जनाएको छ ।

शर्मा नेतृत्वको समुहले रेडियो सालिग्रामका स्टेशन मेनेजर घायल र नागरिक दैनिकका संवाददाता तिवारीलाई विहीवार साँझ कुश्मा नगरपालिका वडा नं ४ छमर्केमा आक्रमण गरी लछारपछार गरेका हुन् ।

आक्रमणमा पत्रकार घायल घाइते भएका छन् । उनको शरीरमा लगाएका लुगा पनि शर्माले च्यातिदिएका छन् । मदिराले मातेका शर्माले सुनियोजित रुपमा पूर्वाग्रही ढंगले आक्रमण गरी धम्की दिने कायरतापूर्ण कार्य गरेको युनियनले जनाएको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ति जारी गर्दै आक्रमणको घटनालाई गम्भिरतापूर्वक लिएर आक्रमणमा संलग्न शर्मालाई कानुन बमोजिम कार्वाही गर्न र पत्रकारमाथिका आक्रमण नदोहोरिने वातावरण सृजना गर्न प्रशासनसमक्ष माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *