“फेक इन्काउन्टर “”हल्ला”” मात्र हो– गृहमन्त्री बादल”

चितवन, साउन २५ । गृहमन्त्री रामबहादुर थापा बादलले भक्तपुरमा भएको इन्काउन्टर फेक नभएको स्पष्ट पारेका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु प्रहरी इन्काउन्टरमै मारिएको स्पष्ट पारेका हुन् ।

उनले फेक इन्काउन्टर हल्ला मात्र भएको भन्दै अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् ।

फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले आफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’

गृहमन्त्री बादलले समयमै काम नगर्ने ठेकदारहरुलाई सरकारले सचेत गराएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *