“फेक इन्काउन्टर “”हल्ला”” मात्र हो– गृहमन्त्री बादल”
२०७४ जेठ १५ गते

“
चितवन, साउन २५ । गृहमन्त्री रामबहादुर थापा बादलले भक्तपुरमा भएको इन्काउन्टर फेक नभएको स्पष्ट पारेका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु प्रहरी इन्काउन्टरमै मारिएको स्पष्ट पारेका हुन् ।
उनले फेक इन्काउन्टर हल्ला मात्र भएको भन्दै अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् ।
फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले आफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’
गृहमन्त्री बादलले समयमै काम नगर्ने ठेकदारहरुलाई सरकारले सचेत गराएको बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








