धरान: सौर्य सडक बत्ती मर्मत सम्भार भएन, आवत जावतमा सास्ती

धरान, साउन २५ । सुनसरीको धरानमा जडान गरिएका सौर्य सडक बत्ती मर्मत सम्भार नहुँदा अधिकांक्ष जिर्ण अवस्थामा पुगेका छन् । जडान गरिएको २ वर्ष नहुदै बिग्रिन शुरु भएका सौर्य सडक बत्ती दिनप्रतिदिन जिर्ण बन्दै गएको स्थानीयहरु बताउँछन् ।

स्थानीय सरकारले सडक सोलर बत्ती मर्मत सम्भार तर्फ चासो नदेखाउदा साँझ र रातको समयमा नियमित आवात जावत गर्ने यात्रुहरुले सास्ती बेहोर्नु परेको उनीहरुले दुखेसो सुनाए । धरान उपमहानगरपालिकाले सरकारी मापदण्ड अनुसार लगाएको सोलार बत्तीहरु भन्दा पनि टुर्वाेग बियर कम्पनी लगायत विभिन्न संघ संस्थाद्धारा जडान गरिएको सैर्य बत्तीहरु बढी बिग्रिएको धरान उपमहानगरपालिकाका शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख सुरज श्रेष्ठले बताए ।

अढाई वर्षअघि धरानकोे ७, ८ र तत्कालिन ४ नम्बर लगायतका लक्ष्मी मार्ग, बुद्धमार्ग, शान्तिपथ र गंगालालमार्गमा सौर्य उर्जाको सोलार बत्ती जडान गरिएको उनी बताउँछन् । नेपाल सरकारले जनसहभागितमा आधारित सौर्य सडक बत्तीको कार्यक्रम भनेर ल्याएको विगत २ वर्ष यता पछिल्लो पल्ट धरान उपमहानगरपालिका र उपभोक्ता समितिको संयुक्त पहलमा ६० लाख लागतमा सौर्य सडक बत्ती जडान गरिएको थियो ।

धरान उपमहानगरपालिकाको ८५ प्रतिशत र उपभोक्ताको १५ प्रतिशत मध्ये उपमहानगरपालिकाले ५१ लाख भुक्तानी गरी सकेको र बाँकी ९ लाख उपभोक्ता समितिले व्यहाेर्ने रकम भुक्तानीमा समस्य देखा परेकाले सम्झौता गरिएको कृष्ण ग्रिल एन्ड इन्जिनियरिङ वर्कसप कम्पनीले सम्झौता अनुसार काम नगर्दा सौर्य सडक बत्तीहरु मर्मत सम्भार हुन नसकेको प्रमुख श्रेष्ठको भनाई छ ।

धरान उप–महानगरपालिकाले विराटनगरको कृष्ण ग्रिल एन्ड इन्जिनियरिङ वर्कसप सँग ५ वर्षे सम्झौता गरेर अढाई वर्ष अगाडी सडकमा सौर्य बत्ती जडान गरिएको थियो । सडकमा जडान गरिएको सौर्य सिस्टम मर्मत सम्भार नहुँदा धरानका विभिन्न सडकमा जडान गरिएका २ सय ५० सौर्य बत्ती मध्ये ९० प्रतिशत सौर्य सडक बत्तीहरु मर्मत सम्भारको पखाईमा छन् ।

सडकमा हिंड्ने यात्रुहरूलाई अनियमित रूपमा बिजुली बत्ति चम्किँदा आँखाको समस्या हुने र सवारी चालकलाई बत्ती चम्किएका कारण सवारी चलाउँदा असर पर्ने समस्या देखिएको उपभोक्ताहरु बताउँछन् । साँझको समयका लागि प्रयोगमा आउने बत्तीले सडकमा एकनासले उज्यालो नदिएपछि सडकमा सवारी दुर्घटना हुने गरेको चालक विमल क्षेत्री बताउँछन् ।

समय समयमा सडक सौर्य बत्तीको मर्मत सम्भार नहुँदा कामै नदिने गरी बिग्रिएको धरान ७ निवासी सरोज तामाङ बताउँछन् । उनी भन्छन् “साँझको समयमा सोलार बत्तीले उज्यालो दिनु पर्नेमा पिलिक पिलिक र झिपिक्क बल्छ , झिपिक्क मर्छ हिँड्डुल गर्ने मानिस र सवारी चाललको ध्यान नै सकड बत्ती तर्फ जान्छ ।

अनि सवारी दुर्घटना हुने गर्दछ ।” सौर्य सडक बत्ती मर्मत सम्भार तर्फ स्थानीय सरकारको चासो कम भएकाले आवत जावतमा आफुहरुले सास्ती वेहोर्नु परेको स्थानीय प्रेम लिम्बुले सुनाए । लिम्बु भन्छन् “सडकमा जडान गरिएको सौर्य बत्ती बिग्रिएको ३ वर्ष हुन लाग्यो स्थानीय प्रतिनिधि चुनिएर आएको पनि १ वर्ष बढी भयो तर किन यता उनीहरुको ध्यान जादैन स्थानीय सरकार बनेपछि विकासे कामले गती लिन्छ भन्ने भनाईमा सिमित भएको देखिन्छ ।” राम्रो संग सडक सोलर बत्ती नबल्दा अध्यारो हुने र झिपिक्क झिपिक्क बल्दा आँखामा समस्या हुने गरेको धरान ७ कोशीराजमार्ग राम मन्दिर अगाडी व्यवसाय संचालन गरी बसोबास गर्दै आएका छोटेलाल चौधरीले गुनासो सुनाए ।

कृष्ण ग्रिल एन्ड इन्जिनियरिङ वर्कसप र धरान उपमहानगरपालिका बीच सौर्य बत्तीे ५ वर्षको वारेण्टी र बत्तीको समय अवधि पनि तोकिएको थियो । बत्तीमा कुनै किसिमको समस्या उत्पन्न अथवा कुनै पनि बत्तीको सामानमा खराबी आए आपूर्तिकर्ताले मर्मत गर्ने भनेर सम्झौता गरिएको बताईन्छ । उपभोक्ता समिति मार्फत दिने भनिएको १५ प्रतिशतले हुन आउने ९ लाख रकम आपूर्तिकर्ताले नपाएका कारण सौर्य सडक बत्ती मर्मत सम्भार नगरिएको आपूर्तिकर्ता कम्पनीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *