इंग्लिश प्रिमियर लिग फुटबल आजबाट सुरु, म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी भिड्ने

काठमाडाैं, साउन २५ ।  नयाँ सिजनको इंग्लिश प्रिमियर लिग फुटबल आजबाट सुरु हुँदैछ । आज राति हुने पहिलो खेलमा म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी भिड्ने छन् । यो खेल म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुने छ । यही खेलबाट प्रिमियरसिपको नयाँ सिजनको औपचारिक थालनी हुँदै छ ।

यसपटक प्रिमियर लिगमा थपिएका तीन नयाँ टोलीमा फुल्मह, कार्डिफ सिटी र वुल्भर ह्याम्पटन वान्डरर्स रहेका छन् । गत सिजनको दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै यी तीन टोली इंग्लिश फुटबलको शीर्ष डिभिजनमा उक्लिएका हुन् ।

यो सिजनको प्रिमियर लिगको पहिलो खेलमा च्याम्पियन म्यानचेस्टर सिटीले आइतबार आर्सनलसँग खेल्नेछ । यसैगरी चेल्सीले हडर्सफिल्ड टाउनको सामना गर्दा लिभरपुल र वेष्ट ह्याम युनाईटेड आपसमा भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *