पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकपमा नेपाल खेल्ने

काठमाडाैं, साउन २५ । पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ ।  साबिकको बिजेता समेत रहेको नेपालले अक्टोबर १ देखि १२ सम्म बङ्गलादेशको ढाकामा आयोजना हुने पाँचौ संस्करण खेल्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रबक्ता किरण राईले नेपालको सहभागिता पक्का भएको खेलपाटीलाई बताए । प्रबक्ता राईले खेलपाटीसंग भने, ‘बंगबन्धु गोल्डकपमा हाम्रो पनि नाम रहेको छ । हामीले खेल्ने भएका छौं, नाम दर्ता भएको छ ।  एक दुई दिनमा तालिका पनि सार्वजनिक हुनेछ।’

राष्ट्रिय पिता बंगबन्धु शेख मुजिकुर रहमानको स्मृतिमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । जसमा नेपालसहित प्यालेस्टाइन र फिलिपिन्सको सहभागिता निश्चित भएतापनि अरु देशको भन्ने टुंगो लाग्न बाकी रहेको बङ्गलादेश फुटबल फेडेरेसनले बताएको छ ।

सन् २०१६ को संस्करणको बंगबन्धु गोल्डकपको उपाधि नेपालले जितेको थियो ।  जुन नेपालले २३ बर्षपछि ठुलो उपाधि चुमेको हो ।  नेपालले फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । फाइनलमा विमल घर्तीमगर,नवयुग श्रेष्ठ र बिशाल राईले गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =