कटुवा पेस्तोल सहित दुई जना पक्राउ

साउन १०, नेपालगन्ज । बर्दियाको बासगढी नगरपालिका–७ बाट प्रहरीले कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले निलकण्ठ सामुदायिक वनबाट ५६ छब्बन खा र रतन यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भरत बहादुर बोहराले घटनामा संलग्न श्यामलाल चौधरी फरार रहेको जानकारी दिंदै खोजी कार्य जारी रहेको बताएका छन् । विशेष सूचनाका आधारमा छापा मारेको प्रहरीले पक्राउ परेका व्यक्तिबाट २ नाल कटुवा पेस्तोल, ५ राउण्ड गोली, एसएलआरमा लाग्ने २ राउण्ड गोली र स्पेशल रिभल्वर पेस्तोलमा लाग्ने गोली समेत नियन्त्रणमा लिएको जानकारी गराएको छ ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *