अमेरिकाले नेपाललाई यसकारण दिँदै छ, ४ वटा स्काइ ट्रक

काठमाडाैं, साउन २५ । अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक कमान्ड’ मार्फत अमेरिकाले ४ वटा ‘फिक्स विङ’ स्काइ ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो ।

यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ । ती चारवटै स्काइ ट्रकको अन्तराष्ट्रिय बजारमूल्य करिब ४ अर्ब रुपैयाँ रहेको सैनिक अधिकारीले जनाएका छन् ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले विस २०६१ माघ १९ गते सत्ता हातमा लिएसँगै अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता रोकेको थियो । २०५८ अघिसम्म अमेरिकाले नेपाललाई दिँदै आएको सैन्य सहायता पछिल्लो १५ बर्षमा रोकिए पनि पुनः सुचारु हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *