धराने व्यापारी काठमाण्डौँमा पुरस्कृत

काठमाण्डौ, साउन २४ । स्वास्थ्य सम्वन्धी प्रभावशाली अर्गानिक सामग्री उत्पादन गर्ने नेपालको अर्गानिक वल्ड ग्रुप काठमाण्डौँले आफ्नो सातौँ वार्षिक उत्सवको अवसरमा धरानका व्यापारी लगाएत २९ जनालाई पुरस्कृत गरेको छ ।

धरानबाट पुरस्कृत हुने निदान ईण्टर प्राईजेजका प्रोप्राईटर सम्झना श्रेष्ठ र विष्णु श्रेष्ठलाई गत साउन २२ गते काठमाण्डौँमा आयोजित एक भव्य कार्यक्रमबीच १५० सिसिको मोटर साईकल प्रदान गरेको छ ।

अन्य पुरस्कृत व्यापारीहरुमध्ये २ जनाले कार , ९ जनाले मोटरसाईकल र १८ जनालाई दुवईको भ्रमण गराउने भएको छ ।

धरान ९ स्थित भानु सव्जीमण्डिभित्र रहेको निदान ईन्टरप्राईजेजले गत वर्ष पनि राम्रो सामान विक्रि गरेवापत ७ दिनको मलेसिया भ्रमण गराएर पुरस्कृत गरेको थियो ।

यस वर्ष सो ईन्टरप्राईजेजले झण्डै ८७ लाख बराबरको सामग्री विक्रि गरेवापत सो पुरस्कार प्राप्त गरेको प्रोप्राईटर विष्णु श्रेष्ठ बताउँछन ।

मलेसियाका वैज्ञानिकहरुले अनुसन्धान गरी तयार पारेको दन्तमन्जन , रातो च्याउको सावुन अनुहारमा लगाउने क्रिम , खानाको विकल्पमा बनाइएका शक्तिवद्र्धक रातो च्याउ , समुन्द्रिक झ्याउ र यार्सागुम्वाका क्याप्सुल र जैविक चिया यो कम्पनीले नेपालभित्रै उत्पादन गर्न थालेका छन ।

यस अघि यस्ता वस्तुहरु विदेशबाट आयात गरीने हुँदा अर्बाैँ रुपैयाँ विदेशिने गरेको थियो । नेपालकै जडिवुटि र केहि कच्चा सामान मलेसियाबाट झिकाएर तयार पारीएका सामानहरु सस्तो र प्रभावशाली रहेकोले यसको माग दिन प्रतिदिन वढिरहेको कुरा व्यापारीहरु बताउँछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *