साउदीबाट आयो १८ जनाको ब्लडमनी(विवरणसहित)

काठमाडौँ, साउन २४ । साउदीमा ज्यान गुमाएका १८ जना नेपाली कामदारका परिवारले पाउने ब्लडमनी वापतको रकम दूतावासले पठाएको छ ।

सडक दुर्घटनामा ज्यान गुमाएका नेपालीको पक्षमा अदालतले ब्लडमनीको फैसला गरेपछि दूतावासले १८ जनाका परिवारले पाउने रकम परराष्ट्र मन्त्रालयको खातामा जम्मा गरिदिएको हो ।

गत आर्थिक वर्षमा साउदीमा ४१ जना मृतकको ब्लडमनी सम्बन्धी मुद्दा अदालति प्रक्रिया मार्फ टुंगिएको दूतावासले जनाएको छ । यस मध्य १८ जनाको रकम पठाइसकेको र २३ जनाको फैसला अनुसारको रकम अशुल्ने प्रक्रियामा रहेको जनाइएको छ ।

यस्तै अदालतले अन्य ५० जनाको मुद्दा पनि अदालतमा चलिरहेको जनाएको छ । यस्तै अरु मुद्दापनि अध्ययनको क्रममा रहेको र प्रक्रिया पुर्याएर अदालतमा दर्ता गरिने दूतावासले विज्ञाप्ती मार्फत जानकारी गराएको छ ।

यस्तै बीमा रकमका लागि पनि सम्बन्धित कार्यालयहरुमा बुझ्ने काम दूतावासले गरिरहेको छ ।

ब्लडमनी पठाइएका परिवारले पाउने रकम भने फरक फरक छ । साउदीको कानून अनुसार मृतकको धर्मिक आस्था र घटनामा मृतकको गल्तीका आधारमा हुने भएकाले फरक फरक मात्रामा रकम फैसाला भएको दूतावासले प्रष्ट  पारेको छ ।

ग्त आर्थिक वर्ष २०७४/०७५ मा क्षतिपूर्ति रकम वापत २४९ जना मृतकका परिवारले पाउने रकम पठाइसकेको थियो । यसरी पठाइएको रकम ११ करोड ४३ लाख ३७ हजार ८ सय ४३ रुपैयाँ रहेको थियो ।

कसका परिवारले कति रकम पाए ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *