नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने

काठमाडौं, साउन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ ।

बिहीबार बसेको पार्टी सचिवालय (हेडक्वार्टर) को बैठकले मुख्यालय धुम्बाराहीमा र जनसंगठन, केन्द्रीय विभागको कार्यालय पेरिसडाँडा कोटेश्वरमा रहने निर्णय गरेको हो ।

पार्टी एकीकरण भन्दा अघि धुम्बाराहीमा एमाले र पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको थियो ।

बैठकले प्रादेशिक सांसद र सभाका सदस्यहरुलाई जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय गरेको छ भने साउन मसान्तभित्र राजनीतिक प्रतिवेदन प्रकाशित गरिसक्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी बैठकले भदौ ७ र ८ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय समेत गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठको नेतृत्वको टोलीलाई चीन भ्रमणमा पठाउने निर्णय समेत गरेको छ । उक्त टोलीले सेप्टेम्बर १२ देखि १९ सम्म हुने चीन भ्रमण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *