गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, अदालतले सुनायो १ वर्ष कैद
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २४। विशेष अदालतले गुन्डा नाइके गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको छ ।
अदालतका रजिष्टार नारायण पोखरेलका अनुसार लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने विहीबार अदालतले फैसला सुनाएको छ ।
अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको उनले बताए ।
लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै २०७० साल जेठ ५ गते मुद्दा दर्ता भएको थियो । काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई केही महिनाअघि गौशालाबाट पेस्तोलसहित पक्राउ गरेको थियो । हाल उनी केन्द्रीय कारागारमा छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








