मन्त्रीमण्डल बिस्तार अन्योलमा

साउन १०, काठमाडाै । नेपाली कांग्रेसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामलाई अन्तिम रुप दिन नसकेपछि मन्त्रीमण्डल बिस्तार अन्योलमा परेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्रिपरिषद्मा सहभागी हुने महिला नेतृको नाममा सहमति हुन नसकेपछि मन्त्रीमण्डल बिस्तार नै अन्योलमा परेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साँझ ५ बजेका लागि सपथको तयारी गर्न राष्ट्रपति कार्यालयलाई आग्रह गरेको थियो ।

संस्थापन र पौडेल पक्षबाट ४–४ तथा नेता कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षबाट एकएक जनालाई सहभागी गराउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीमण्डल बिस्तारको तयारी गर्नुभएको थियो । यस्तै सत्तासाझेदार दलहरु माओवादी केन्द्रबाट ६ र नेपाल लोकतान्त्रिक फोरमबाट दुई जना गरी १८ मन्त्री थप गर्ने तयारी देउवाको छ ।

कांग्रेस संस्थापन पक्षबाट मीन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी र अम्बिका बस्नेत, पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्रबहादुर केसी, सिटौला समूहबाट भीमसेनदास प्रधान र खड्का तर्फबाट मोहनबहादुर बस्नेतको नाममा भने कांग्रेस भित्र सहमति जुटेको छ ।

माओवादी केन्द्रले मन्त्रीको नाम टुंग्याए पनि सार्वजनिक गरेको छैन । गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपाली लगायतमा सहमति भएको चर्चा छ । फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *