नेपाली छोटो चलचित्र ‘द प्रोटेक्टर’ को च्यारेटी सो हुने

सुनसरी, साउन २४ । एलजीएमको ब्यानरमा निर्मित छोटो नेपाली चलचित्र ‘द प्रोटेक्टर’ को यहि शनिबार धरानमा पहिलो पटक च्यारेटी सो हुने भएको छ ।

आज (बिहिबार) धरानको गोर्खा किचनमा पत्रकार सम्मेलनको आयोजना गरी सो सर्ट मुभिजको (छोटो चलचित्र ) प्रर्दशन गर्न लागेको चलचित्रका निर्माता तथा नायक प्रबिण राणा मगरले जानकारी दिए ।

एक्सन तथा लभ स्टोरीमा केन्द्रीत रहेको सो चलचित्र आउँदो शनिवार धरान ८ स्थित सभागृहमा च्यारेटीको रुपमा प्रर्दशन गरिन लागेको हो ।
चलचित्रको पुर्वका बिभिन्न स्थानहरुमा समेत क्रमश रुपमा च्यारेटी गर्दै जाने चलचित्र निर्माता मगरले जानकारी दिए ।

मगरले आफुले कोरीयन चलचित्रमा समेत अभिनय गरेर अनुभव बटुलीसकेकोले पनि सोहीअनुसार नेपाली छोटो चलचित्र समेत बनाएको बताए ।

चलचित्रलाई आई म्युजीकले प्रस्तुत गरेका छन भने चलचित्रमा सुनसरीकै स्थानीय तथा नवकलाकार आशा राई, नायक प्रबिण राणा मगर लगायतले अभिनय गरेका छन । चलचित्र ६० लाखको लागतमा निर्माण भएको छ ।

चलचित्र ‘द प्रोटेक्टर’ धरान आसपासको क्षेत्रमा करिब ३ महिना लागाएर निर्माण गरेको निर्माता मगरले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =