कैलालीः गाईलाई करणी गरेको आरोपमा एक जना पक्राउ

कैलाली, साउन २४ । कैलालीको लम्की चुहामा गाईलाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

गोठमा बाधेको गाईलाई करणीको प्रयास गरिरहेको अवस्थामा कैलालीको लम्की चुहा नगरपालिका २ मोतिपुरमा एक जनालाई रंगेहात समातेर प्रहरीको जिम्मा लगाईएको हो ।

पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका–५ का सनम चौधरी (नाम परिवर्तन) रहेका छन् । उनलाई गाई मालिक पदमबहादुर बुढाले रंगेहात समातेर प्रहरीलाई जिम्मा लगाएका हुन् ।

केही दिनदेखि गाईको करणी हुँदै आएको शंका लागेपछि लुकेर बसेका गाई मालिक वुढाले चौधरीलाई समातेर सामान्य कुटपिट समेत गरेका छन् ।

लम्की चुहाका एक जना स्थानीय वासिन्दाको ट्याक्टर चलाउँदै आएका चौधरीलाई ईलाका प्रहरी कार्यालय लम्कीमा बुझाईएकोमा थप कारवाहीका जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको छ । गाई करणीको आरोप लागेका चौधरीलाई कारवाहीको माग गर्दै मुद्धा दर्ता भएपछि करणी भएको ठोस आधार नभएको भन्दै उनलाई जिल्ला पठाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *