सन्तुलित विकास गर्न प्रगतिशील कर नीति अपनाउँछौँ– मुख्यमन्त्री पृथ्वीसुब्बा

म्याग्दी, साउन २४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको सन्तुलित विकास गर्न प्रगतिशील कर नीति अपनाउनुपर्ने बताएका छन् ।

बेनी नगरपालिकाले बिहीबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले एकै शीर्षकमा कर लिन थालेको भ्रम फैलाइएको भन्दै सन्तुलित विकास र समाजवाद उन्मुख राष्ट्र निर्माण गर्न प्रगतिशील कर नीति आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हामीले राज्य सञ्चालनका लागि स्रोतको पहिचान र व्यवस्थापन गरेर जनतालाई विकास र सेवा दिन खोजेका हाँै, प्रगतिशील कर नीति अपनाउँछौँ । करको विषयमा फैलिएको भ्रमबाट मुक्त हुन अनुरोध गर्दछु,”

कर सङ्कलन, अधिकार क्षेत्रका विषयमा भएका कानूनी अस्पष्टता र अन्यौल हटाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्राथमिकताका साथ छलफल अघि बढाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *