आप्रवासी सवार डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु

इस्ताबुल, साउन २४ । टर्कीको एजिन तटीय क्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गर्न लागेका आप्रवासी बोकेको एक डुङ्गा बिहीबार दुर्घटनाग्रस्त भएको छ ।

यस दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएका छन् ।

टर्कीको दक्षिणपश्चिम प्रान्त एदिनको कुसादासी जिल्लामा रहेको तटीय क्षेत्र एजिनमा सो दुर्घटना भएको राज्यद्वारा सञ्चालित माध्यम अनाडोलुले जानकारी दिएको छ ।

टर्कीको दैनिक समाचार पत्र हुरियेतका अनुसार ग्रीक द्वीपतर्फ गइरहेको यो डुङ्गामा १३ जना गैरकानूनी आप्रवासी सवार थिए ।

तीमध्ये चार जनालाई भने उद्वार गरिएको थियो । एजिन समुद्री मार्ग गैरकानूनी आप्रवासीहरुलाई टर्की हुँदै युरोप भित्र्याउने एक प्रमुख मार्गका रुपमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *