“अपहरणकारीको इन्काउन्टर “”फेक”” होइन– महानगरीय अपराध अनुसन्धान महाशाखा”

काठमाडौँ, साउन २४ । ११ वर्षीय निशान हत्या प्रकरणमा भएको अपहरणकारीको इन्काउन्टरबारे महानगरी अपराध अनुसन्धान महाशाखाले इन्काउन्टर फेक नभएको ब्रिफिङ गरेको छ ।

महानगरी अपराध महाशाखाका टोलीले गृहमन्त्रालय पुगरे गृहमन्त्री रामबहादुर थापा बादललाई इन्काउन्टर फेक नभएको बताएको हो ।

अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहसहितको टोलीले गृहमन्त्री थापालाई बिहिबार भक्तपुर इन्काउन्टर प्रकरण सत्य भएको ब्रिफिङ गराएको हो ।

स्रोतका अनुसार सिंहले गृहमन्त्रीलाई इन्काउन्टर प्रकरण बाहिर प्रचार गरिएको जस्तो फेक घटना नभएको बताएका छन् ।

इन्काउन्टरमा मारिएका दुई व्यक्तिका परिवारले फेक इन्काउन्टर भएको भन्दै घटनाको छानविनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष उजुरी दिएका छन् भने इन्काउन्टर घटनाबारे सरकारले छानबिन समेत गर्ने भएको छ ।

आइतबार साँझ काँडाघारीबाट अपहरित बालक निशान खड्कको हत्या भएको थियो । अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *