कैलालीः देउती गुट्खा उद्योगमा बम विष्फोट !

कैलाली, साउन २४ । कैलालीको लम्की बजारको गुट्खा उद्योगमा बिहिबार बिहान बम बिस्फोट भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा बिहिबार बिहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै अज्ञात समूले सकेट बम विष्फोट गराएको छ ।

विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षती भएपनि अन्य कुनै क्षती नभएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानीय त्रसित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *