‘नेकपा’का मुख्य सचेतक भट्राईलाई जापान प्रवेशमा रोक

काठमाडौं, साउन २४ । सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)का युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले जापान प्रवेशमा रोक लगाएको छ ।

जापानको एक कार्यक्रममा भाग लिन पुगेका राष्ट्रियसभाका सांसद एवम मुख्य सचेतक भट्राईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको हो । तर किन प्रवेश अनुमति नदिएको हो भन्न खुलाइएको छैन ।

जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन पुगेका भट्टराईसँगैको भ्रमण टोलीमा नेकपाका अर्का युवा नेता एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष किशोर मल्ल, दुर्गा शर्मा लगायत रहेको स्रोतले जनाएको छ ।

भट्टराई लगायतको टोलीलाई हिरोसिमामा आयोजित कार्यक्रम स्थलसम्म पुर्याउन नेपालबाट बासु गौतम लगायतको टोलीले सहयोग गरेको थियो । गौतमले हिरोसिमामा कार्यक्रम तय भएको स्वीकार गरेका छन् ।

गौतमले नेकपाका नेता भट्टराईलाई जापानले रोकेको भन्ने विषयमा आफूलाई कुनै जानकारी नरहेको दाबी गरे । हिरोसिमामा निशस्त्रीकरण सम्बन्धी कार्यक्रम आयोजना गरिएको र नेपालबाट नेकपाका नेता भट्टराईसहितका युवा नेताहरूको टोली पठाइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *