युु – १५ साफ च्याम्पियनमा आजदेखि भुटानमा सुरू

काठमाडाैं, साउन २४ । युु–१५ साफ च्याम्पियन महिला फुटबल आजदेखि भुटानमा सुरु हुँदैछ । भुटानको थिम्पुमा आज हुने उद्घाटन खेलमा भारत र श्रीलंका खेल्दैछन् । यसैगरी दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमने–सामने हुनेछन् ।

प्रतियोगिताको यो दोस्रो संस्करण हो । पहिलो संस्करणमा ४ टिमको सहभागिता रहेकोमा यसपटक ६ टिमको सहभागिता रहेको छ । यस पटक पाकिस्तान र श्रीलंका पहिलो पटक सहभागि हुँदैछन् ।

नेपाल पहिलो संस्करणमा सहभागि भए पनि समूह चरणमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । नेपालले प्रतियोगिता अन्तर्गत शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *