एकीकरण सम्बन्धी विषयलाई नेकपाले आज टुंग्याउने

काठमाडौं, साउन २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरण सम्बन्धी विषयलाई आज टुंगो लगाउने भएको छ । जिल्ला देखि प्रदेशतहसम्मको एकीकरण प्रक्रियाका विषयमा आज निर्णय हुनेछ ।

आज बस्ने सचिवालय बैठकले सांगठनिक एकीकरणमा सहमति गर्ने नेताहरुले बताएका छन् । पार्टीको विधान अनुसार भदौ ५ गते भित्र संगठन एकीकरणको काम सम्पन्न गर्नुपर्ने भएको नेकपाले त्यस तर्फ आफ्नो ध्यान केन्द्रीत गरेको हो ।

यसअघि नेकपाले भदौ ५ गते भित्र संगठनको एकीकरणको काम सम्मन्न गर्ने गरी आन्तरिक सर्कुलर जारी गरेको थियो । त्यसैगरी मुलुकको समग्र राजनीतिक विषयबारे खुल्ला ढंगले छलफल गर्नका लागि स्थायी समितिको बैठक बोलाउने विषयमा पनि आज बैठकले निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको केन्द्र बाहेक प्रदेश, जिल्ला, स्थानीय तह, जनवर्गिय संगठन लगायतका कमिटीको एकीकरण बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *