चार वर्षमा चार हजार चार सय ४५ महिला बलात्कृत

काठमाडाैंं, साउन २४ ।  नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् ।

बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ। बलात्कार प्रयासका घटना झन् बढी अर्थात् १६ प्रतिशतका दरले बढेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेर समूहका छन् । त्यसपछि १० वर्षमुनिका बालिका छन् ।

चार वर्षमा मुलुकभर चार हजार ४४५ महिला बलात्कृत भएका छन् । तीमध्ये १० देखि १६ वर्ष उमेरका एक हजार ३००, १० वर्षमुनिका ८२० बलात्कृत भए । १७ देखि १८ वर्ष उमेरका ४५१ र २० वर्षभन्दा माथिका एक हजार ५१६ जना रहेका छन् ।आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *