भारुमा ऋण लिन बैंकलाई बाटो खुला

काठमाडाैं, साउन २४ । नेपाल राष्ट्र बैकले वाणिज्य बैंकहरुलाई भारतीय रुपैयाँमा कर्जा लिनसक्ने व्यवस्था गरेको छ ।  बैंकहरुलाई स्रोतको अभाव भएपछि भारतीय रुपैयाँमा पनि कर्जा लिन सकिने व्यवस्था गरिएको हो ।

केन्द्रीय बैकले यसअघि डलरमा कर्जा लिन सकिने व्यवस्था गरिसकेको थियो । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

भारतीय रुपैयाँमा सहज हुने तथा हेजिङ कस्ट नपर्ने भएकाले बैंकहरुको अनुरोधपछि चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत भारुमा कर्जा लिन आवश्यक व्यवस्था गरिने उल्लेख गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *