एक सातामा थपिँदै छन् प्रहरीमा दुई ब्यूरो

काठमाडौँ, साउन २३ । प्रहरीमा दुई वटा ब्यूरो एक साताभित्रमा थपिँदै छन् । साइबर क्राइम र मानव वेचविन हेर्ने छुट्टा छुट्टै ब्यूरो सञ्चालनमा आउन लागेका हुन् ।

बढ्दो विद्युतीय अपराध नियन्त्रणका लागि साइबर क्राइम ब्यूरो स्थापना गर्न लागिएको हो ।

यस्तै पछिल्लो समय बढिरहेको मानव बेचबिखनको घटना नियन्त्रणका लागि मानव बेचविखन तथा ओसारपसार हेर्ने व्युरो पनि एक साताभित्रमा सञ्चालनमा आउने भएको हो ।

ब्यूरो गठनको लागि आवश्यक सुझावसहितको प्रतिवेदन कार्यदलले मंगलबार गृह मन्त्रालयमा बुझाई सकेको छ । कार्यदलको सुझाव गृह र कानून मन्त्रालयले अध्ययन गरेपछि पास हुनेछ ।

प्रतिवेदनमा ब्युरोलाई काम गर्न कानून परिमार्जन गर्नुपर्ने समेत सुझाव दिइएकोले केहि समय लाग्न सक्ने देखिएको छ । तर प्रहरीको उच्च श्रोतले एक हप्ताभित्रमा सञ्चालनमा आउने बतायो ।

सरकाले गत जेठ १५ गतेको बजेट भाषणमै नेपालमा बढ्दो साइबर क्राइम र मानव बेचबिखन तथा ओसार पसारलाई रोक्न नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्ने घोषणा गरेको थियो ।

प्रहरी बरिष्ठ उपरीक्षक एसएसपीको नेतृत्वमा १ सय ७१ जना प्रहरी रहनुपर्ने समितिले प्रतिवेदन बुझाएको छ । तर तत्कालका लागि ५८ जना मात्रै रहने श्रोतले बतायो ।

ब्यूरो काठमाडौं रहने र हरेक प्रदेशमा प्रहरी निरीक्षकको कमाण्डमा ब्यूरोको शाखा रहने छन् । व्यूरो सञ्चालनका लागि नियमावली पनि तयार भइसकेको छ ।

व्युरो रहने स्थानको खोजि भइरहेको प्रहरी श्रोतले जानकारी दियो । तत्कालका लागि घर भाडामा लिएर ब्यूरो राख्ने कुरा चलिरहेको छ ।

ब्यूरो गठन भएपछि साइबर अपराध र मानव बेचबिचखन आेसारपसार लगायतका सबै घटना यीनै ब्यूरोले हेर्नेछन् ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, भाइबर , इमो लगायतका माध्यमबाट अपराध र वैदेशीक रोजगारीको नाममा भइरहेको मानव तस्करीका घटनामा कमी हुने आशा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *