प्रकाण्डलाई पाँच दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २३ । काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई काठमाडौं जिल्ला अदालतले पाँच दिन थुन्न अनुमति दिएको छ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्तासमेत रहेका उनी बुधबार पक्राउ परेका थिए। प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका ६ का हरिचन्द्र आचार्य छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रकाण्ड पूर्व महिला, बालबालिका तथा समाजकल्याणमन्त्री तथा २०६४ सालमा संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








