बनेपा: पहिरोमा पुरिएर डेढ वर्षका बालकको मृत्यु
२०७४ जेठ १५ गते

“
बनेपा, साउन २३ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्कमा माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार आज बिहान करीब २ बजेको समयमा खसेको पहिरोमा परी मृत्यु हुनेमा डेढ वर्षका बालक दीपक तामाङ रहेका छन् । माथिबाट खसेको पहिरोले घरभित्रै पुरिएर हेमबहादुर तामाङ र उनकी श्रीमती सीतामाया तामाङ घाइते भएका छन् ।
पहिरोले दुई वटा टिनको टहरासमेत बगाएको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








