अगष्ट २३ अमेरिकाले देखि थप चिनियाँ सामाग्रीमा कर लगाउने

काठमाडौं, साउन २३ । अमेरिकाले चीनबाट आयात हुने थप सामाग्री माथि अगष्ट २३ देखि नयाँ कर प्रणाली लागु गर्ने भएको छ । १६ अर्ब डलर मुल्यका २ सय ८० सामानमा २५ प्रतिशतसम्मको कर लगाउने अमेरिकाको तयारी छ । डोनाल्ड ट्रम्प सरकारले गत मार्चमा नै चीनबाट रसायनिक तथा मेशिनरी सामानमा कर लगाउने घोषणा गरेको थियो ।

कर लगाउने मिति भने अमेरिकाले आज तय गरेको हो । पहिलो चरणमा ३४ अर्ब डलर बराबरको सामानमाथि कर लगाएको ट्रम्प प्रशासनले दोश्रो चरण अगष्टबाट लागु गर्न लागेको बीबीसीले उल्लेख गरेको छ ।

पहिलो चरणको कर वृद्धिले बिग्रिएको अमेरिका चीन सम्बन्धमा अमेरिकाको पछिल्लो कदमले थप संकट निम्तने विश्लेषकहरु बताउछन् । चीन माथि पुन: कर लगाउने अमेरिकी निर्णयले व्यापार युद्धलाई चर्काउने आशंका गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *