अचम्मको ‘घाँस’ जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न ‘बाँदर घाँस’

काठमाडाैं, साउन २३ । बाँदरले अचाक्ली दुःख दिन थालेपछि तामाकोसी गाउँपालिकाले बाँदर घाँस रोप्ने नीति लिएको छ । पहिलो चरणमा भीरकोटमा मोलसेस जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको छ ।

बाँदर घाँस रोपेपछि बाँदरको विगबिगी घटेको भीरकोटवासीले बताएका छन् । मोलसेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो पदार्थ निस्कने भएकाले बाँदर यसको वरिपरि नै जाँदैन ।

यो घासबाट निस्कने झुस शरीरमा टाँसिएपछि निकाल्न नसकिने भएकाले बाँदर टाढैमाट फर्किने गाउँपालिका प्रमुख ईश्वरपचन्द्र पोखरेलले बताए ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *