मण्डला ब्याडमिन्टन प्रतियोगिता साउन २६ बाट हुने 

काठमाडौं, साउन २२। प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

‘मित्रता तथा सहिष्णुताको लागि खेलकुद’ भन्ने नाराका साथ प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

नगरस्तरीय खुला प्रतियोगितामा विभिन्न नगरपालिकाहरूको लगभग ८० समुहको सहभागिता रहने मण्डला ब्याडमिन्टन समूहका अध्यक्ष देवेन्द्र प्रधानले बताए ।

संस्थाका अध्यक्ष प्रधानका अनुसार साउन २५ गते दिउँसो १२ बजेसम्म आवेदन दिन पाइनेछ ।

खुला ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने जोडीले प्रमाण पत्र, ट्रफिको साथमा नगद रू पच्चीस हजार ,
खुला दोस्रो हुने जोडीले प्रमाण पत्र, ट्रफिको साथमा नगद रू १५ हजार, खुला तृतिय हुने जोडीले प्रमाण पत्र, ट्रफिको साथमा नगद रू १० हजार सहित पत्र र ट्रफि हात पार्ने छन् ।

भने भेट्रान्स ब्याडमिन्टन (४५ वा सो भन्दा माथि उमेर समुहका चन्द्रागिरिका मात्र ) प्रथम जोडीले प्रमाण पत्र, ट्रफिको साथमा नगद रू १५ हजार दृतिय हुनेले १० हजार र तृतिय हुनेले १० हजार सहित प्रमाण पत्र, ट्रफि पाउने छन् भने उत्कृष्ट खेलाडीले रु ५ हजार नगद राशी पुरस्कार पाउने आयोजकले बताएको छ ।

प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता यहि साउन २६ गतेबाट चन्द्रागिरी वडा नम्बर ११ बल्खुस्थित मण्डला ब्याडमिन्टन कभर्डहलमा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *