ल्याव अनुगमनमा कृषिमन्त्री खनाल (फोटोफिचर)

काठमाडौँ, साउन २२ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेको प्रयोगशालाको अनुगमन गरेका छन् ।

मन्त्री खनालले मंगलबार विभागमा पुगेर प्रयोगशालाको अनुगमन गरे ।

पटक पटक खाद्य पदार्थमा मिसावट आएको गुनासो आइरहँदा पनि अनुगमनले तिब्रता नपाएको तथा मिसावटको काम जारी रहेको गुनासो आएपछि मन्त्री खनाल विभागले गरिरहेको काम र प्रयोगशालाको अनुगमनमा निस्केका हुन् ।

अनुगमनका क्रममा नेपालको प्रविधि उच्च स्तरको रहेपनि त्यो अनुसारको काम हुन नसकेको बताए ।

‘ल्याव बिग्रेको छ भने बिग्रेको भन्नुस्, बजेट र जनशक्ति छैन भने त्यो जानकारी गराउनुस्, सबै छ गर्न सकिएन भने त्यो पनि भन्नुस्, खनालले भने, तर जनस्वास्थ्यमा खेलवाड गर्ने छुट् कसैलाई छैन । तपाईहरु त्यही अनुसार काम गर्नुस् ।’

अनुगमनको फोटो फिचर :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *