हतियार प्रहारबाट गम्भीर घाइते

२०७४ जेठ १५ गते

“
महोत्तरी, १० साउन । गए राति सुतिरहेका बेला अपरिचित व्यक्तिले धरिलो हतियार प्रहार गर्दा गौशाला नगरपालिका– ५ शिवभक्तिखोरकी २५ वर्षीया रीतादेवी गिरी गम्भीर घाइते भएकी छन् ।
घाँटी, पाखुरा र पिँठ्यमा गहिरो चोट लागेकी रीताको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो ।
चार सन्तानकी आमा रीतका श्रीमान् रामजीवन आठ महिनादेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा हुनुहुन्छ । रासस
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित