“डा. गोविन्द केसीले रुँदै भने– “”छलछाम भयो भने कडा कदम चाल्छु”””

काठमाडौँ, साउन २२ । बिरामीको उपचार गर्न नपाएको भन्दै डा. गोविन्द केसी पत्रकार सम्मेलनमा नै रोएका छन् ।

लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसी बिरामी जाँच्न नपाएको भन्दै आफैँले गरेको पत्रकार सम्मेलनमा रोएका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीले सरकारले माग पुरा गर्ने सम्झौता गरेपछि अनशन तोडेका थिए ।

पत्रकार सम्मेलनमा डा. केसीले सरकारले आफूसँग गरेको सम्झौता तोडमोड नगरीकन पुरा गरिदिन सरकालाई आग्रह गरेका छन् ।

१५ औं पटक २७ दिनसम्मको अनसन बसेर गएको १० गते सरकारसँग वार्ता भएपछि अनसन तोडेका डाक्टर केसीले मंगलबार पत्रकार सम्मेलन गर्दै आफूहरुसँग सरकारले गरेको वार्ता अक्षरशः कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

अनशनपछि स्वास्थ्यलाभ गरेर १३ दिनपछि मंगलबार टिचिङ अस्पतालबाट डिस्चार्ज भएका केसीले आफूसँग भएको सम्झौतामा सरकारले छलछाम नगर्ने विश्वास प्रकट गरे ।

छलछाम भयो भने कडा कदम चाल्न आफू बाध्य हुने चेतावनी समेत सरकारलाई दिएका छन्। उनले भने, ‘जिम्मेवार नेताले माग पूरा गर्छु भनेका थिए । छलछाम हुने छैन भन्नेमा बिस्वस्त छौँ।’

उनले माग पुर्तिमा कुनै छलछाम भएको खण्डमा कडा विरोधका कार्यक्रमहरु ल्याउन हामी बाध्य हुने चेतावनी समेत दिए ।

सोही क्रममा डा. केसीले सरकारले आफूहरुसित गरेको सम्झौता तत्काल पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

साथै चिकित्सा शिक्षा ऐन सम्बन्धी बाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउन, जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधीकारीहरुलाई कारबाही गर्ने सम्झौता लगायतका छ बुँदे सम्झौतालाई समेत तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *