जोमसोम र सिमिकोटमा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्न मन्त्री पुनको निर्देशन

काठमाडौँ, साउन २२ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन भ्रमण गरेका छन् ।

जलवायु तथा मौसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलाई थप विस्तार गर्ने उद्देश्यले मन्त्री पुनले विभागमा भ्रमण गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहेको भवनमा पुगेर मन्त्री पुनले त्यहाँको काम–कार्वाहीबारे जानकारी लिनुका साथै विभागका कर्मचारीसँग अन्र्तक्रिया समेत गरेका थिए ।

भ्रमणका क्रममा उनले मुस्ताङको जोमसोम र हुम्लाको सिमिकोटमा मौसम पूर्वानुमान केन्द्र स्थापनाको काम थाल्न निर्देशन दिएका छन् । हाल देशका साविकका ५ विकास क्षेत्रमा पूर्वानुमान शाखा रहेका छन् ।

यसको क्षेत्र विस्तार गर्दै निजी र व्यवसायीक क्षेत्रलाई समेत सेवा दिने गरी काम गर्न पनि मन्त्री पुनले निर्देशन दिए । उनले प्राविधिक जनशक्ति, सेवा विस्तार र बजेटको लागी आफुले सहयोग गर्ने बताए ।

मन्त्री पुनले हवाई सेवाका लागी मौसमी पूर्वानुमान अनिवार्य भएको भन्दै यसलाई अझै प्रभावकारी बनाउन निर्देशन दिए । त्यसका लागी आफुले सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले यसको व्यवस्था तथा सुरक्षाको उपाय अपनाउन पनि केन्द्र जरुरी रहेको पुनको भनाई छ । विभागले २०२५ सालदेखि मौसम पूर्वानुमानको काम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *