ओपोद्वारा एथ्रीएस सार्वजनिक, डुअल रियर क्यामेरासहित ओपोको पहिलो स्मार्टफोन

काठमाडौँ, साउन २२ । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालमा आफ्नो नयाँ मिड–रेञ्ज क्यामेरा फोन–एथ्रीएस सार्वजनिक गरेको छ ।

दक्षिण एसियाली बजारमा एथ्रीएस १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपीएआई इनेबल्ड फ्रण्ट क्यामेरा तथा सुपर फुल स्क्रिन सुसज्जित ओपोको पहिलो उपकरण हो ।

२ जीबी ¥याम र १६ जीबी सञ्चय क्षमता, क्वालकम स्न्याप ड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री जडित नव प्रवद्र्धनात्मक फिचर्स सुसज्जित एथ्रीएसको मुल्य रु. १९ हजार ४ सय ९० निर्धारण गरिएको छ ।

सार्वजनिक नयाँ फोन एथ्रीएसका बारेमा बोल्दै ओपोका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘डुअल क्यामेरा सेटअप, सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स सहितको फोन सुलभ मुल्यमा उपलब्ध होस् भन्ने यूवाहरुमा चाहनाअनुसार हामीले ओपो एथ्रीएस उपलब्ध गराएका हौँ । हरेक दिन स्मरणीय विनाकुनै रुकावट तस्विरका रुपमा कैद गर्न सकियोस् भन्ने सोचका साथ हामीले शक्तिशाली ब्याट्री उपलब्ध गराएका छौँ ।’

एआई स्मार्ट ब्यूटी

ओपोले उपलब्ध गराउने एआई ब्यूटी प्रविधि साधारण सफ्टवेयर प्रोग्रामका रुपमा मात्र नभइ व्यावसायिक फोटोग्राफरले झैँ काम गर्ने क्षमता राख्छ । यो प्रविधिले प्रिमियम सप्लायर्स मार्फत उपलब्ध क्लाउड डाटा बेसमा उपलब्ध वृहत फेसियल रिकग्निशनमार्फत उत्कृष्ट तस्विर कैद गर्न सघाउँछ ।

ओपो एथ्रीएसमा कम्पनीले ८ एमपी फ्रण्ट लेन्स र १३ + २ एमपी डुअल रियर लेन्स उपलब्ध गराएको छ । फोनको फ्रण्ट क्यामेरामा प्रयोगकर्तालाई तस्विरमा उत्कृष्ट देखाउन सघाउने एआई ब्यूटी प्रविधि उपलब्ध गरिएको छ । फोनमा रहेको फ्रण्ट क्यामेराले उत्कृष्ट, सटिक र प्राकृतिक सेल्फी खिच्न सघाउनु छ । त्यसैगरी, यसमा रहेको डुअल रियर क्यामेरा मार्फत श्यालो डेफ्ट ईफेक्ट सहितका सटिक तथा वाइड एंगल तस्विर समेत खिच्न सकिन्छ ।

शक्तिशाली ब्याट्री र स्टाइलिश डिजाइन

एथ्रीएसले उपभोक्तालाई हाई–एण्ड देखिने सुपर फुल स्क्रिन फोन सुलभ मूल्यमा प्रयोग गर्ने अवसर उपलब्ध गराउँछ । फोनमा रहेको ६.२ ईञ्च सुपर फुल नोच स्क्रिन र ८८.८% हाई रेसियो स्क्रिनले प्रयोगकर्तालाई उत्कृष्ट तथा अभुतपूर्व दृष्यानुभुती उपलब्ध गराउँछ ।

फोनमा स्क्रिन रेसियो मिलाउनका लागि कम्पनीले बोर्डर १६%ले पातलो बनाउँदै २.०५ एमएम पातलो बनाएको छ । सुपर फुल स्क्रिनले अतिरिक्त स्पेसलाई ब्याट्री स्ट्याटिस्टिक, मिति तथा अन्य नोटिफिकेसन्सका लागि उपयोग गर्छ । साथै, तस्विर, भिडियो, गेम खेल्ने लगायत कार्यका लागि फराकिलो दृष्यानुभुति प्रदान गर्छ ।

हाल अधिकांश ब्राण्डले आफ्ना फ्ल्यागशिप मोडलमा मात्र उपलब्ध गराएको फुल स्क्रिन ओपो एथ्रीएस मार्फत कम्पनीले सबैका लागि उपलब्ध गराएको छ । ए सिरिजमा एथ्रीएस नै कम्पनीको पहिलो फुल स्क्रिन उपकरण हो ।

फोनको निरन्तर प्रयोग गर्नुपर्दा ब्याट्रीका कारण समस्या उत्पन्नन होस् भन्ने सोचका साथ नयाँ फोनमा कम्पनीले ४ हजार २ सय ३० एमएएच ब्याट्री पनि उपलब्ध गराएको छ ।

फोनमा कम्पनीले निकै आकर्षक युनिकग्लोसी डिजाइनको प्रयोग गरेको छ । यो डिजाइन हेर्दा आकर्षक हुनुका साथै हत्केलामा समाउँदा समेत सहज तथा आरामदायी अनुभव हुन्छ । कम्पनीले नयाँफोन रातो र डार्क पर्पल गरी दुई भिन्न रंगमा उपलबध गराएको छ ।

म्यूजिकपार्टी

ओपोले नयाँ स्मार्टफोन एथ्रीएस मार्फत बिल्कुलै नयाँ फञ्सन: म्यूजिक पार्टी पनि उपलब्ध गराएको छ । यस फञ्सनको माध्यमबाट प्रयोगकर्ताहरुले हटस्पट मार्फत आ–आफ्नै स्मार्टफोनमा एउटै ट्रयाकको मज्जा लिन सक्नेछन् । स्पिकरको प्रयोग गर्न नसकिने स्थानमा म्यूजिक पार्टी संगीतको मज्जा लिन एउटा सटिक माध्यमका रुपमा स्थापित हुन सक्छ । तर, यसको प्रयोगका लागि कलर ओएस ५.१ वा माथिल्ला ओएस भर्जन हुनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *