महिला हिंसाविरुद्ध राप्रपाको प्रदर्शन, गृहमन्त्री थापाको राजीनामा माग

काठमाडौँ, साउन २२ । गृहमन्त्री रामबहादुर थापा (बादल) को राजीनामा माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग गरी माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

महिला र बालबालिकामाथि श्रृङखलाबद्ध रुपमा हत्या, हिंसा र बलात्कारको घटना  लगातार घटिरहेका बेला सरकारले रोकथाम गर्न नसकेको भन्दै  राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौँमा विरोध प्रदर्शन गरेको हो ।

संगठनकी अध्यक्ष रोशन कार्कीले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णत असफल भएको दावी गर्दै गृहमन्त्री थापाको राजीनामा पनि माग गरिन् ।

प्रर्दशनकारीहरुले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *