प्लस टु पास गरेका विद्यार्थीलाई लक्षित गर्दै इडेनले एडमिसन डे गराउने

धरान, साउन २२ । इडेन एकेडेमि कन्सल्टेन्सीले प्लस टु पास गरेका विद्यार्थीहरुलाई अष्ट्रेलिया अध्ययन सम्बन्धि जानकारी दिनका लागि एडमिसन डे गराउने भएको छ ।

धरान–९ स्थित इडेन एकेडेमीले प्लस टु पास गरेका विद्यार्थीहहरुलाई लक्षित गर्दै उनीहरुको लागि उत्कृष्ट शैक्षिक कलेज, प्रणाली, विश्वविद्यालय र कलेजका बारेमा जानकारी गराउने उद्देश्यले एडमिसन डे गराउने भएको हो ।

डे मा विद्यार्थीले एवरोड स्टडीको भिजा प्रक्रिया, लागत, भाषा प्रशिक्षणका विषयमा समेत विज्ञहरुबाट निःशुल्क परामर्श लिन पाउने व्यवस्था रहेको छ ।

यसअघि पनि उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै पूर्वका विभिन्न स्थानमा शैक्षिक मेला समेत आयोजना गरिसकेको इडेनले साउन २६ गते सो डेमा विद्यार्थीहरुलाई १२ वटा कलेज र युनिभर्सिटीहरूसँग साक्षात्कार गराइने एकेडेमीका अध्यक्ष मोहन तिगेलाले जानकारी दिए । सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमा अष्ट्रेलिया अफ फेडेरेसन युनिभर्सिटी, युनिभर्सिटी अफ सनसाइन कोष्टलगायत १२ कलेज सहभागी हुने जानकारी दिइएको छ ।

‘पूर्वमै यतिका संख्यामा कलेज उपस्थित भएर साक्षात्कार गराउनु विद्यार्थीका लागि ठूलो अवसर हो’, अध्यक्ष तिगेलाले भने, ‘विद्यार्थीहरूले भरपुर अवसरको सदुपयोग गर्नुहुनेछ भन्ने हामीमा पूर्ण विश्वास छ, यसले प्लस टु सकेपछि अलमलमा परेका विद्यार्थीहरुलाई आफ्नो जिज्ञासा मेट्न पनि सहयोग गर्छ ।’

यसअघि इडेनले चैत्र २४ गतेदेखि ३० गतेसम्म मेगा एडु फेयर कार्यक्रम चलाएको थियो । मोफसलमा रहेका विद्यार्थीलाई अब्रोड स्टडीका विविध विषयमा परामर्श दिने उद्देश्यले यस्ता कार्यक्रम बेलाबेलामा गर्दै आएको अध्यक्ष तिगेलाले बताए । ‘अहिलेसम्म पूर्वमा सेमिनारहरु मात्र भए, विद्यार्थीहरु काठमाडौंसम्म जाने बाध्यता थियो । त्यो बाध्यताको अन्त्य गर्न पनि इडेनले सहयोग गरिरहेको छ ।’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 20 =