भदौको पहिलो साताभित्र स्थानीय तहसम्म एकता हुन्छ– अध्यक्ष प्रचण्ड

काठमाडौँ, साउन २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौको पहिलो साता सम्ममा पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भदौ ५ गतेसम्ममा पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताएका हुन् ।

‘संविधानले व्यवस्था गरे अनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ’ उनले भने, ‘प्रधानमन्त्रीले चाँडै पूर्णता दिनुहुन्छ ।’

अध्यक्षले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ती गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजोमात्र छलफल भएको स्पष्ट पार्दै उनले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एक्ता भइसक्ने बताए ।

उनले न्यायालयको नेतृत्व खाली नहुने भन्दै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाई नै मुख्य कुरा भएको बताए । अध्यक्ष प्रचण्डले केहि दिनमै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने बताए । ‘भोलि वा पर्सी परिषदबाट सिफारिस हुन्छ’ उनले भने ।

उनका अनुसार, संसदीय सुनुवाइ समितिको व्यवस्था संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले राखिएको हो । त्यसकारण त्यहाँ पर्ने उजुरी र त्यसमा सांसदहरुले गर्ने छानबिनमा भर पर्छ ।

‘संवैधानिक परिषदबाट सिफरिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नै पथ्र्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाई समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानविन गर्न पाउनुपर्छ भन्ने बहस छ’ उनले भने ‘हामीले संसदको सर्वोच्चतालाई महत्व दियौं र स्थापित गर्यौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *