जनताको हितमा निष्ठापूर्वक काम गर्छु– प्रधानमन्त्री ओली

काठमाडौँ, साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागि घातक रहेको बताएका छन् ।

७३ औँ हिरोसिमा स्मृति दिवशको अवसरमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधामन्त्री ओलीले कुनै पनि देशका जनता आणविक हतियारको पक्षमा नरहेको भन्दै आणविक हतियार विश्वकै लागि घातक रहेको बताएका हुन् ।

कार्यक्रममा उनले भने, “आणविक हतियार विश्वकै घातक छ, कुनै पनि देशका जनता आणविक हतियारको पक्षमा छैनन्, यसको उत्पादन र प्रयोग नै मानव जातिको हितमा छैन ।”

आणविक हतियारको दुरुपयोग भए विश्वकै लागि घातक हुने उनको भनाइ थियो । “यो तयार गरेपछि प्रयोग गर्ने कौतुहलता कसैको दिमागमा होला, सनक चढेर दुरुपयोग भएमा विश्व नै सखाप हुनेछ ।” प्रधानमन्त्री ओलीले भने ।

साथै उनले प्रत्येक नेपालीले शान्ति अभियानमा लाग्नु पर्ने बताए । आफू सदा मानव जातिको हितमा लाग्ने बताउँदै उनले भने, “मेरा लागि देश र जनता सर्वोपरी हुन्, देश र जनताको हितमा निष्ठापूर्वक काम गर्छु ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *