अमेरिकाको क्यालिफोर्नियामा भीषण आगलागी, ७ जनाको मृत्यु

क्यालिफोर्निया, साउन २२ । अमेरिकाको क्यालिफोर्निया राज्यमा केही चार/पाँच दिनअघि दुई स्थानबाट सुरु भएको आगलागीले भीषणको रुप लिएको छ।

उक्त आगलागी क्यालिफोर्नियाको इतिहासमै ठूलो आगलागी भनिएको अमेरिकी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

आगलागीबाट अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ। आगलागी तीव्र गतिमा फैलिरहेको र नियन्त्रणभन्दा बाहिर रहेको जनाइएको छ।

अहिलेसम्म २ लाख ८३ हजार ८ सय एकड क्षेत्रफलमा आगो फैलिसकेको छ। जुन क्यालिफोर्नियाको लस एन्जल्स शहर बराबरको भूभाग हो।

अहिले आगलागी नियन्त्रण गर्न १४ हजारभन्दा बढी फायर फाइटर तथा सयौं अमेरिकी सेनालाई खटाइएको छ। आगलागीका कारण क्यालिफोर्नियाका केही स्थानको तापक्रम ४३ डिग्री सेन्टिग्रेडभन्दा माथि पुगेको छ।

आगलागी छिटो नियन्त्रण नभए यसले अर्को विपत्ति निम्ताउन सक्ने राष्ट्रिय मौसम विभागका अधिकारीहरुले चेतावनी दिएका छन्। क्यालिफोर्निया वन तथा सुरक्षा विभागका कार्यकारी प्रमुख स्कट मकलिनले यस आगलागीलाई ‘अत्यधिक छिटो, अत्यधिक आक्रमक, तथा डर लाग्दो’को रुपमा चित्रण गरेका छन्। आगलागी एक हप्तापछि मात्र नियन्त्रणमा आउने आगो नियन्त्रणमा खटिएका अधिकारीहरु बताउँछन्।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *